असोज १६, भोजपुर । भूकम्प कार्यान्वयन एकाइ भोजपुरमा गत मङ्सिर महिनासम्म ५ हजार १०६ भूकम्प पीडितको गुनासो सङ्कलन भएको छ ।
कार्यालयमा सङ्कलित गुनासामध्ये सबैभन्दा बढी भोजपुर नगरपालिकाबाट २ हजार ९४, षडानन्द नगरपालिकाबाट १ हजार २२१, आमचोक गाउँपालिकाबाट ४ सय ६३, टेम्केमैयुङ गाउँपालिकाबाट ३सय ८२ र अरुण गाउँपालिकाबाट ३ सय ४७ वटा गुनासो संकलन भएको छ ।
यसैगरि रामप्रसाद राई गाउँपालिकाबाट २ सय १८, साल्पासिलिछो गाउँपालिकाबाट १ सय ८६, हतुवागढी गाउँपालिकाबाट १ सय ६१ र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकाबाट ३२ जनाको सङ्कलन भएको एकाइ प्रमुख राजनराज रेडीले बताए ।
सङ्कलित गुनासालाई सिफारिश गरेर पठाइने र त्यसपछि आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । अहिले पनि गुनासो सङ्कलन भइरहेको छ ।
यसअघि लाभग्राही सूचीमा परेका ५ हजार ७४९ मध्ये ५ हजार २४४ जनाले पहिलो र दुई हजार ३६४ जनाले दोस्रो किस्तावापतको रकम लिएका थिए । रासस
प्रतिक्रिया