असोज १४, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–५ को आफ्नै वडा कार्यालय निमार्णका लागि जग्गा व्यवस्थापन भएको छ । वडा नं ५ को बाघखोरको गैहीटोलमा रहेको दुर्गा मन्दिरको दुई कट्ठा जमीन व्यवस्थापन भएको वडाध्यक्ष नुमाकान्त पाठकले बताए ।
नगरपालिकाबाट चालू आव ०७५÷७६ मा चार वटा वडा कार्यालय निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन भएको छ । जसमा वडा नं १, ३, ५ र ११ वडाले रु २५÷२५ लाख पाउने छन् । जसअन्तर्गत मध्यविन्दु वडा नं ५ ले पनि रु २५ लाख बजेट भवन निर्माणका लागि खर्चिनेछ ।
स्थानीय निर्वाचन सम्पन्न भएको करीब ढेड वर्ष बितिसक्दा मध्यविन्दु वडा नं ५ को आफ्नै वडा कार्यालय छैन । वडाले अहिलेसम्म बाघखोरको मध्यविन्दु सङ्कलन केन्द्रबाट काम गर्दै आएको छ । रासस
प्रतिक्रिया