२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा विद्युतीकरणका लागि साढे चार करोड विनियोजन



 

असोज १२, दार्चुला । चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि साढे चार करोड बजेट विनियोजन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि चार करोड ६० लाख बजेट विनियोजन भएको हो ।

विद्युतीकरण भएका तथा नभएका क्षेत्रमा रकम विनियोजन भएको छ । जिल्लामा हालसम्म राष्ट्रिय विद्युत्को प्रसारण नपुगेको अपी हिमाल गाउँपालिका, मार्मा गाउँपालिका र नौगाड गाउँपालिकाका लागि एक एक करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै शैल्यशिखर नगरपालिकाको मल्चौरादेखि बनतोलीसम्म विद्युतीकरणका लागि १५ लाख, मालिकार्जुन र लेकम गाउँपालिकामा विद्युतीकरणका लािग १५ लाख बजेट विनियोजन भएको छ । दुहू गाउँपालिकामा विद्युतीकरणका लागि ३० लाख तथा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा विद्युतीकरणका लागि एक करोड बजेट विनियोजन भएको ऊर्जामन्त्री वर्षमान पुनका स्वकीय सचिवालयका जनसम्पर्क अधिकृत मञ्जु वमले जानकारी दिए ।

दार्चुलाको व्यास गाउँपालिकाका लागि भने विद्युतीकरणमा बजेट विनियोजन भएको छैन् । व्यास गाउँपालिकामा मन्त्रालयको बजेट छुटेको रहेछ उनले भने, व्यासको लागि पहल भइरहेको छ । बजेट नपुगेको क्षेत्रमा तत्काल प्रदेशमा पठाइएको बजेटबाट सम्बोधन गरिने उनले बताए ।

मन्त्रायबाट प्रदेशका लागि ६० करोड बजेट विनियोजन भएको छ । पहिलो चरणमा ३८ करोड तथा थप बजेट माग भएपछि २२ करोड बजेट थपिएको छ । दुवै बजेटबाट प्रदेश नम्बर ७ का ९ वटै जिल्लामा बजेट विनियोजन गरिने बमले बताए । जसअनुसार दार्चुलाको थप ५ करोड बजेट छुट्टिनेछ ।

सङ्घीय मन्त्रालयबाट विनियोजित बजेट सिधै गाउँपालिकाले सम्बन्धित शीर्षकमा खर्च पाउनेछन् । दार्चुलाको यसअघि विद्युतीकरणको शुरुवात नभएको क्षेत्रको लागि पहिलो चरणमा बढि बजेट विनियोजन गरिएको अधिकृत बमले बताए । नौगाड अपिमा हालसम्म राष्ट्रिय विद्युत लाइन विस्तारको काम शुचारु भएको छैन् । मार्मा दुहुँ लेकमलगायतका अन्य गाउँपालिकामा गत वर्षबाट विद्युतीकरणको काम शुरुवात भएको छ ।
रासस

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार ००:००