२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा दैनिक ८ घन्टासम्म लोडसेडिङ, जनजिवन प्रभावित



 

असोज ११, बाँके । नेपालगञ्जमा एकहप्तादेखि दैनिक ८ घन्टासम्म लोडसेडिङ हुन थाले पछि जनजीवन प्रभावित हुन पुगेको छ ।

दिउस र साँझको समय विद्युत् अनियमित हुँदा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ । विद्युत् अनियमित हुँदा स्थानीय पत्रपत्रिका प्रकाशनमा समस्या देखिएको नेपालगञ्जस्थित त्रिपुरा प्रेसका सञ्चालक दीपक कठायतले बताए ।

‘‘कतिबेला बत्ती आउँछ, कतिबेला जान्छ थाहै हुँदैन, छपाइको काममा ढिलाइ भइरहेको छ,’’ उनले भने, “बत्ती नहुँदा न काम गर्न सकिएको छ न त राम्रोसँग सुत्न सकिएको छ ।”

नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । नियमित विद्युत्का लागि पटक–पटक पहल गरिए पनि नियमित हुन नसकेको उनको गुनासो छ ।

केन्द्रीय प्रसारण लाइनबाट विद्युत् अवरोध भएका कारण अहिले नेपालगञ्जमा दैनिक ८ घण्टासम्म विद्युत कटौति गर्नु परेको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए । कालीगण्डकी जलविद्युत केन्द्रको विद्युत् गृहमा नियमित मर्मत गरिरहेकाले केन्द्रीय प्रसारणमा अवरोध पुगेको र त्यसले गर्दा नेपालगञ्जमा लोडसेडिङ भएको उनले बताए ।

बाँकेमा दैनिक २० देखि २२ मेगावाट विद्युुत आवश्यक पर्नेमा अहिले नेपालबाट ५ र भारतबाट १० मेगावाट मात्र विद्युत् आपूर्ति भइरहेका छ । ५ देखि ८ मेगावाट विद्युत् अपुग हुँदा असोज १२ गतेसम्म एक फिडरमा दैनिक दुई घण्टा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । रासस

प्रकाशित मिति : ११ आश्विन २०७५, बिहिबार ००:००