१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा कृषि ज्ञान केन्द्र उद्घाटन



असोज १०, जाजरकोट । कर्णाली प्रदेशको जाजरकोटमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमल केसीले बुधबार केन्द्रको उद्घाटन गरे ।

मन्त्री केसीले बजेट कार्यान्वय र संघीय कार्यान्वयन गर्नु अहिलेको आवश्यकता भएको बताए । दोहोरो योजनाहरू पारित गरेर भ्रष्टचार गर्ने प्रवृत्ति बढेकोले त्यसप्रति प्रदेश सरकार सचेत रहेको पनि उनले दाबी गरे ।

साथै उनले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न पनि निर्देशन दिए । जाजरकोटमा चालू आवमा कृषि क्षेत्रलाई १६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

वन, पर्यटन तथा उद्योगमन्त्री नन्द सिंह बुढाले सबै मिलेर जनताका काम छिटोछरितो गर्नुपर्ने र परिवर्तनको आभास दिनुपर्ने बताए । रासस

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ००:००