२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिनादेखि बाटो अवरुद्ध



असोज १०, खलङ्गा । अविरल वर्षापछि आएको पहिरोका कारण जुम्लाको उर्थु–लासी सडकखण्ड तीन महीनादेखि बन्द छ । पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्म ठाउँ–ठाउँमा झरेको पहिरोले सडक भत्काएको छ ।

उक्त सडकखण्डमा यातायात सेवा ठप्प छ । सर्वसाधारणलाई पैदल हिँड्न समेत समस्या भएको छ । लामो समयदेखि सडक बन्द हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । “सडक बनाउन कसैले चासो देखाएका छैनन्,” पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले भने । सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।

“दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महङ्गो भएको छ,” पातारासी–५ का मुनबहादुर बुढाले भने । वर्षात्को समयमा लगातर पहिरो खसेका कारण सडक बनाउन ढिलाइ भएको पातारासी गाउँपालिकाका अध्यक्ष लछीमन रोकायाले बताए । बाटोमा ठूल्ठूला ढुङ्गा खसेका छन् । पहिरो खस्ने डरले सडक तत्काल बनाउन कठिनाइ भइरहेको रोकायाले बताए । रासस

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ००:००