१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको रत्ननगर नगरपालिकामा निःशुल्क वाईफाई सेवा



 

असोज १०, रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले मंगलबार देखि विभिन्न स्थानमा निःशुल्क वाईफाई सेवा शुरु गरेको छ ।

सर्वसाधारणलाई इन्टरनेटको पहुँचमा पु¥याउन नगरका मुख्यमुख्य बजार क्षेत्रमा निःशुल्क वाईफाई सेवा शुरु गरेको नगरप्रमुख नारायण वनले जानकारी दिए । उनले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप मंगलबार देखि वाईफाईसेवा शुरु गरिएको बताए ।

पहिलो चरणमा रत्ननगरको सौराहा, कृष्णप्रणामी मन्दिर, बसपार्क लगायतका स्थानमा वाईफाई सेवा शुरु गरिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस् नेटवर्कसँगको सहकार्यमा शुरु भएको वाईफाई सेवाको प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरे ।

सो अवसरमा उनले नगरपालिकाले सूचना प्रविधिलाई प्रयोग गर्ने प्रयास गरेको भन्दै इन्टरनेट सेवाबाट सर्वसाधारणले धेरै कुरा सिक्न सक्ने बताए । इन्टरनेटको सही सदुपयोग हुनसके बालबालिकाको क्षमता विकासमा ठूलो सहयोग पुग्ने पनि उनले बताए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्यद्वय कृष्ण खनाल र कञ्चन खनालले नगरपालिकाले सूचना र प्रविधिको क्षेत्रमा गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

यसैबीच रत्ननगर–१० मा रहेको वैरीया माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको पढाई शुरु गरेको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा सो विद्यालयले पशु विज्ञानको तीनवर्षे स्नातकतहको कक्षा शुरु गरेको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र रत्ननगर नगरपालिका प्रमुख नारायण वनले संयुक्त रुपमा प्राविधिक शिक्षाको उद्घाटन गरे । यसअघि पञ्चकन्या माध्यमिक विद्यालयमा इलेक्ट्रोनिक्स इञ्जिनियर र जनजागृति माध्यमिक विद्यालयमा सिभिल इञ्जिनियरको पढाई शुरु भइसकेको छ ।
रासस

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार ००:००