असोज ८, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब पनि हिंसा र आतङ्कको कुरा गर्नु मुलुक र जनताको हितमा नहुने बताउनुभएको छ ।
मकवानपुरको भीमफेदीस्थित महेन्द्र माविको हीरक महोत्सवका अबसरमा उनले जातीय विभाजन र विखण्डन गराउने प्रवृत्ति देखा परेकाले आर्थिक विकास र समृद्धिका लागि त्यस्ता प्रवृत्ति विरुद्ध सबै एक भएर उभिनुपर्ने बताए ।
“राष्ट्रिय मुद्दा र विकास तथा समृद्धिका लागि सबै एक भएर भएर उभिन सबैमा आग्रह गर्दछु,” उनले भने, “ उनले भने । उनले विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुका साथै त्यहाँ आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञ समापन गरे ।
मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकलाई आत्मनिर्भर बनाउन प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्न केन्द्रित हुनुपर्ने बताए । पोखरेलले आजै नेपाली सेनाको मध्यपृतना हेडक्वाटर अवलोकन गरी जानकारी लिनुका साथै सेनालाई चाहिने हतियारलगायतका सामग्री उत्पादन गर्दै आएको बहुउद्देश्यीय प्लाष्टिक उद्योग पनि अवलोकन गरे । रासस
प्रतिक्रिया