१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेमा पुनर्निर्माणको तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून



असोज ६, बनेपा । भूकम्प गएको ३ वर्ष बितिसक्दा समेत निजी आवास पुनर्निर्माणको लागि तेस्रो किस्ता थोरैले मात्र लिएका छन् ।

जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको संख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए ।

जिल्लामा ९० हजार ४९७ घर परिवारको सर्वेक्षण भएकामा पहिचान भएका ८२ हजार ८३३ लाभग्राही थिए । तीमध्ये गुनासो फर्छ्याेट भएर आएका सहित गरेर पूर्ण लाभग्राही (पूर्ण क्षति) को संख्या ७७ हजार ४१४ र प्रवलीकरण लाभग्राहीको संख्या ५ हजार ४१९ थियो ।

“अब पहिलो किस्ता र दोस्रो किस्ताका लागि माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको छ ।” रेग्मीले भने । जिल्लाका लाभग्राहीमध्ये ६७ हजार २५९ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् भने दोस्रो किस्ता प्राप्त गर्नेको सं्ख्या ४४ हजार ९० छ ।

गैरसरकारी संस्थामार्फत पहिलो किस्ता दुई हजार ६ सय १०, दोस्रो किस्ता २ हजार १३४ र तेस्रो किस्ता १ हजार ४८५ लाभग्राहीलाई प्रदान गरिएकोे थियो । रासस

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार ००:००