असोज ३, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट ३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ । गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ ।
रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्रराज शर्माले बताउनुभयो ।
स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमा नै उपचार गरेको थियो भने केहीलाई स्वास्थ्यचौकीमा बोलाइएको छ ।
यसैगरी हर्दिमा पशुमा भ्यागुते रोग देखापरेको छ । भ्यागुते रोगले पशु बिरामी परेपछि नगर पशु शाखाबाट दुई जनाको टोलीले पशुको परीक्षण गरेको गैँडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए ।
तिवारी केही दिनअघि हर्दि पुग्दा डेङ्गुका बिरामी देखिएपछि नगर स्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो ।
रासस
प्रतिक्रिया