असोज २, भोजपुर । विद्यूत गृहको कुलो बगाउँदा २सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो । गत भदौ २९ गतेको अविरल वर्षा पछि आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको स्थानीयवासीहरूले बताएक छन् ।
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पहिरोमा कुनै पनि मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया