असोज १, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठकमा प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि समान्य छलफल भएको छ ।
प्रदेश नं १ प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम सो विधेयकमाथि छलफल भएको हो । छलफलमा भाग लिदैं प्रदेशसभा सदस्य राजकुमार ओझा, विमल कार्की र शेखरचन्द्र थापाले न्यायपूर्ण समाज निर्माण गर्न आएको यो विधेयक स्वागतयोग्य भएको बताए ।
हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार जस्तो अपराधलाई नियन्त्रण एवं निर्मूल पार्न यो विधेयक कोसेढुङ्गा सावित हुनेमा उनीहरुले जोड दिए । विधेयकले राजनीतिक दल, कर्मचारी र नागरिक समाजलाई आचरणमा रहन प्रेरित गर्न मदत गर्ने भएकाले यो विधेयकमा पारदर्शीतालाई महत्वका साथ समावेश गर्न उनीहरुले आग्रह गरे ।
प्रदेशसभाका अर्का सदस्य केदार कार्कीले यो विधेयकको कार्यान्वयनको संयन्त्र निर्माण नभएको, प्रदेश सरकारले पूर्णता पाएको, प्रदेश सरकारमा एक जना पनि महिलामन्त्री नरहेकाले यो विधेयकले खासै अर्थ नराख्ने टिप्पणी गरे ।
रासस
प्रतिक्रिया