असोज १, विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले दुई वर्षभित्र बधशाला सञ्चालनमा ल्याइने बताएका छन् ।
विराटनगर महानगरपालिका– ८ मा आधुनिक बधशाला निर्माण गर्न चालु आर्थिक वर्ष २०७५/७६ मा एक करोड २० लाख विनियोजन गरिएको पराजुलीले जानकारी दिए । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक तीर्थराज रेग्मीले उपभोक्तालाई गुणस्तरीय मासु उपभोग गर्न आधुनिक बधशाला आवश्यक भएको बताए ।
हेफरका कार्यक्रम प्रबन्धक दिपेश पोखरेलले स्वस्थ्यकर मासुका लागि बधशाला आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश नं १ का विभिन्न जिल्लामा मासु खपतको अवस्थाबारे जानकारी गराइएको थियो । विराटनगर, इटहरी र दुहवीमा गरी दैनिक पाँच हजार ५१४ किलो मासु खपत हुने गरेको बताइएकोे छ ।
रासस
प्रतिक्रिया