२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्मिक पर्यटन गुरुयोजना बनाउँदै देवघाट



भदौ ३१ दमौली । चर्चित धार्मिकस्थल देवघाटलाई पर्यटनको केन्द्रबिन्दु बनाउन देवघाट गाउँपालिकाले गुरुयोजना बनाउने भएको छ ।

तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरि गुरुयोजना बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।

उक्त गुरुयोजनालाई दातृ निकाय, प्रदेश सरकार, केन्द्र सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिनेछ । पर्यटकीय सम्भावना बोकेको आश्रम, धाम तथा धार्मिक क्षेत्रमा दृश्यावलोकनका लागि आकर्षण बढाउन महोत्सव आयोजना गर्नेछ ।

साथै सम्भावित क्षेत्रमा भ्यूटावर, भ्यूप्वाइन्ट, सामुदायिक वनमा पर्यटन प्रवद्र्धन, घरवास र पिकनिक स्थलका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाको योजना छ । गाउँपालिकाले प्रत्येक वडालाई छुने गरी पर्यटन सर्किटको अवधारणासमेत अघि सारेको छ ।

देवघाट–५ धार्मिकस्थलबाट प्रस्थान गरी देवघाट–१ गाउँपालिका स्तरीय रङ्गशाला अवलोकन, छरछरे झरना देवघाट–२ कराँदीप घरवासमा बास देवघाट–२ खाल्टे पार्क हुँदै कृषि अनुसन्धान केन्द्र, देवघाट–३ छिपछिपे भञ्ज्याङमा बास, देवघाट १ घण्टाचुली हुँदै देवघाट–४ सङ्ग्राहलय, सोलीघोप्टे भीर, प्याउली गढी, काफलडाँडा घसवासमा बास हुँदै गाईघाट अन्तिम बिन्दुको देवघाट गाउँपालिकालाई पर्यटन सर्किट बनाइने थापाले बताए । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७५, आइतबार ००:००