१८ कार्तिक २०८१, आइतबार | Mon Nov 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालबालिकासम्बन्धी विधेयक पारित



भदौ ३०, काठमाडौं । राष्ट्रियसभाले बालबालिकासम्बन्धी विधेयक, २०७५ लाई सर्वसम्मतिबाट पारित गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिईन् ।

आजको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिमको नियम निलम्बन गरेको छ । बैठकमा उक्त नियम निलम्बनसम्बन्धी प्रस्तावलाई सांसद खिमलाल भट्टराईले प्रस्तुत गरेका थिए ।

उक्त नियम निलम्बनको प्रस्तावलाई समेत बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको प्रस्ताव प्रस्तुत गरेका थिए ।

भट्टराईले प्रस्तुत गर्नुभएको उक्त नियम निलम्बनको प्रस्तावलाई सांसद तारादेवी भट्ट र वृशेषचन्द्रलालले समर्थन जनाएका थिए । संविधानले व्यवस्था गरेबमोजिम मौलिक हकसम्बन्धी कानूनलाई आउँदो असोज २ गतेभित्र पारित गरिसक्नुपर्ने बाध्यात्मक अवस्था छ । रासस

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार ००:००