२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्धनाथको स्तूप क्षेत्रमा ढल निर्माण गरिने



काठमाडौं, २५ भदौ । काठमाडौँ महानगरपालिकाले बौद्धनाथको स्तूपा परिसरमा हुने डुवान नियन्त्रण गर्न १ करोड २७ लाख रुपैयाँ खर्च गरेर ढाल निर्माण गर्ने भएको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार बौद्ध स्तूपा क्षेत्रको अवलोकन गर्दै ढल निर्माण गर्ने बताए । गोकर्णेश्वर नगरपालिकाको जगडोल तथा रामहिटी वडा ८ र ९ बाट आउने भल बौद्धद्वार नजीकको खहरेमा पु-याइने छ ।

अवलोकन पछि प्रमुख शाक्यले नयाँ बस्ती विकासका क्रममा तयार पारिएका संरचना र पुराना बस्तीका संरचनाको सन्तुलन नमिलेका यस्तो समस्या आएको बताए ।

साथै यस्ता डुबानका समस्यालाई न्यूनीकरण गर्न महानगरले निरन्तर प्रयास गर्ने पनि पनि उनले बताए । अनुगमनमा सहभागी सांसद कृष्ण राईले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखु जाने सडक दशैँ अगाडी नै कालोपत्रे हुने बताए । रासस

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ००:००