२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारीसाधन पार्किङ शुल्क नलिइनेः नेपालगञ्ज उपमहानगर



 

भदौ १९, नेपालगञ्ज । सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ ।

नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो ।

हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए ।

बैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाका प्रवक्ताका रुपमा चयन गरिनुका साथै सार्वजनिक सेवा तथा क्षमता विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद्् व्यवस्थापन र विधयेक समिति गठन गरिएका छन् । ती समितिमा जिम्मेवारी बाँडफाँड र सदस्य संख्या अझैं तोकिएकोे छैन ।
रासस

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार ००:००