भदौ ९, बनेपा । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले स्थानीय तह र प्रदेश सरकारका लागि आवश्यक पर्ने ऐन, नियम र कानून छिट्टै बन्ने बताएका छन् ।
शनिबार काभ्रेको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभामा उनले कानून नबन्दा निर्वाचनमा जनप्रतिनिधिले बाचा गरेअनुसार काम गर्न नसकेको उनले बताए ।
उनले भवन र कर्मचारी नभएको कारण जनप्रतिनिधिले प्रभावकारी रुपमा काम गर्न नसकेको बताए । उनले केही स्थानीय तहमा करको दर वृद्धि भएपनि यसलाई अतिरञ्जित गरी प्रचार नगर्न पनि आग्रह गरे ।
“करको सदुपयोग गर्नुप¥यो, त्यसको दुरुपयोग गरेर मास्न भएन,” उनले भने । २० वर्ष अगाडि पनौतिमा स्थापना भएको उक्त सहकारीमा ७ हजार ८४३ जना सदस्य संगठित छन् । रासस
प्रतिक्रिया