२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपद् व्यवस्थापन प्राधिकरण गठन तयारी



भदौ ७, काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७४ अनुसार प्राधिकरण गठन गर्ने तयारी भएको मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा, विपद् अध्ययन जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखाका उपसचिव वंशीकुमार आचार्यले जानकारी दिए ।

विश्व मानवता दिवस–२०१८ काम सन्दर्भमा एशोशियशन अफ इन्टरनेशनल एनजीओज इन नेपाल (आयन) ले आयोजना गरेको अन्तक्रियामा आचार्यले प्राधिकरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्राधिकरणले विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गर्ने परिकल्पना गरिएको आर्चायले बताए । । सार्क राष्ट्रमध्ये पहिले नेपालले सन् १९८२ मा नै विपद् जोखिम न्यूनीकरण तथा उद्धारसम्बन्धमा कानुनी रुपमा नै कार्य थालेको थियो ।

“अहिले स्थानीय सरकारलाई नै विपद् व्यवस्थापनसम्बन्धी एकल अधिकार दिइएको छ,” आर्चायले भने, “स्थानीय तहले व्यवस्थापन गर्न नसक्ने विपद्हरू प्रदेश सरकार तथा मन्त्रालयले हेर्नेछ ।” रासस

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार ००:००