२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेख सदरमुकाममा ५ ठाउँमा पहिरो



 

भदौ २, दैलेख । गत वर्ष वर्षातमा आएको पहिरोले नारायण नगरपालिका– ६ गणेशचोकमा बसोवास गर्दै आएका ३ जनाले ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा छन् ।

लगातारको वर्षासँगै घरभन्दा माथिबाट पहिरो झर्न थाले पछि बस्ती जोखिममा परेको स्थानीय पव वादीले बताए । अहिले सिन्की गाजलीको घर पहिरोले पुरिएको छ । अन्य २४ घर वादी परिवार घरको सामान आफन्तको सारेका छन् ।

विगत ३ वर्षदेखि वर्षात्मा पहिरोसँग त्रसित वादी समुदायको दिगो व्यवस्थापन हुन सकेको छैन । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।

वर्षात्मा दैलेख सदरमुकामको गणेशचोकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ, घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको छ । पसलमा करीब रु १० लाख बराबरको क्षति भएको छ ।

नारायण नगरपालिका–ंं१ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामान पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकाले सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

लगातारको वर्षात्सँगै दैलेखका विभिन्न स्थानमा पहिरो खसेपछि यातायातका साधन अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ । रासस

प्रकाशित मिति : २ भाद्र २०७५, शनिबार ००:००