साउन ३०, त्रिपुराकोट– डोल्पा । हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी नगरपालिका–९ कालागौँडास्थित स्थायी प्रहरी चौकी पहिरोका डरले विस्थापित भएको हो ।
पहिरोसँगै आएको ठूलोढुङ्गाले चौकीको आँगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भाँचिएका छन् ।
बुधबार बिहान ३ बजे चौकीको माथिबाट पहिरो खसेर क्षति पु¥याएकाले अर्को घरमा सारिएको प्रहरी निरीक्षक शशीराम ओलीले जानकारी दिए । चौकीलाई आंशिक रुपमा क्षति भए पनि निरन्तर पहिरो खसिरहेकाले बस्न नसकिने स्थितिमा पुगेपछि चौकी सरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।
निरन्तरको पहिरोले कालागौँडा बस्तीका दश घर उच्च जोखिममा रहेको वडा नं ९ का अध्यक्ष वीरमल भण्डारीले जानकारी दिए । केही घरधनीले भने जोखिमयुक्त ठाउँ छोडेर सुरक्षित ठाउँतर्फ गइसकेको र बाँकी घरधनीलाई पनि घरमा नबस्न सचेत गराइएको उनले जानकारी दिए ।
रासस
प्रतिक्रिया