साउन, २९ काठमाडौं । मृगौला रोगले पिडित काभ्रेका बुम्बा लामाले उपचारका लागी सहयोग गर्न अपील गरेका छन् । रोशी गाउँपालिका–९ पिन्थलीका लामाको दुवै मृगौला निष्कृय भएका कारण हाल बीर अस्पतालमा डायलोसिस गरिरहेका छन् ।
मृगौला प्रत्यारोपणका लागी २० लाख रुपैयाँभन्दा बढी लाग्ने तर आफ्नो आर्थिक अवस्था कमजोर रहेको लामाले बताए । अहिलेसम्म ३ लाख रुपैयाँको हाराहारीमा मात्र सहयोग रकम संकलन भएको पनि लामाले बताए ।
“सहयोग पाए बाँचेर केही गर्ने आँट छ,” २४ बर्षी लामाले भने, “मलाई विश्वास छ, सहयोगी मनहरूले मलाई सहयोग गर्नुहुनेछ ।” सहयोगका जुटाउन पिन्थली गुठीले अगुवाई गरिरहेको छ । गुठीले यसअघि पनि आर्थिक अवस्था कमजोर भएका पिन्थली क्षेत्रका व्यक्तिहरूलाई यस्तै सहयोग जुटाइदिएका थिए ।
सहयोगको लागि सम्पर्क
बुम्बा तामाङ– ९८२३७७१९०५
अनिल तामाङ– ९८०८३३०८२०
भिम दोङ तामाङ (दुबई)– ०५५३४१२६५५
राम लामा– ९८४११३३५१८
मेघ बैंकमा बिरामीको नाममा रहेको
खाता नं. ०१०००५०१५५५५९
प्रतिक्रिया