२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीरकोट नगरपालिकाका दलित समुदायलाई पञ्चेबाजा



 

साउन २९, वालिङ । स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई पञ्चेबाजा सहयोग गरेको छ ।

लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई एक लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । “दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँ” उनले भने ।

बाजा बजाउने पेशा अँगाल्दै आएको सो वडाको दलित समुदाय पेशाबाट विस्थापित हुँदै गएको अवस्थामा संरक्षण गर्न दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंहा प्रदान गरिएको हो । विगतदेखि नै विवाह तथा अन्य चाडपर्वमा भीरकोट–९ को दलित समुदायले पञ्चेबाजा बजाउँदै आएको छ ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलबार ००:००