२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयलाई सात कठ्ठा जग्गा निःशुल्क प्रदान



 

साउन २७, दमक । झापाको गौरादह नगरपालिका ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले करीब ७० लाख मूल्य पर्ने सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

हालको वडा कार्यालय साविक बैगुन्धुरा गाविसको कार्यालयमा सञ्चालन हुँदै आएको छ । अमर मावि बैगुन्धुराको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गर्दै आएको साविक बैगुन्धुरा गाविस र हालको वडा कार्यालयको आफ्नै जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भएको थियो ।

हालको वडा कार्यालय भवन भएको ठाउँबाट करीब पाँच सय मिटर दक्षिण सोही सडकमा जग्गा प्राप्त भएकाले यसै आर्थिक वर्षभित्रमा भवन निर्माणकार्य शुरु गरिने वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिए ।

गौरादह नगरपालिकाले वडा कार्यालय भवन निर्माणका लागि १० लाख विनियोजन गरे पनि रकम अपुग हुने भएकाले प्रदेश तथा केन्द्रीय सरकारसँग आवश्यक समन्वय गरी भवनको काम सम्पन्न गरिने वडाध्यक्ष भट्टराईले बताए ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७५, आइतबार ००:००