२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हनुमन्ते सफाइबाट १६ टन फोहर संकलन



 

साउन २६, भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २४औँ हप्तामा १६ टन फोहर संकलन गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको कौशल्टारदेखि लोकन्थलीसम्मको क्षेत्रमा भएको सरसफाइको कलाकार दीपाश्री निरौलाले शुभारम्भ गरिन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा फोहर फाल्नेलाई कडा कारबाही गर्न नगरपालिकाले ठोस कार्यक्रम बनाउनुपर्ने विचार व्यक्त गरे ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा जिल्लाका विभिन्न संघसंस्था, नगरपालिका, विद्यालय, स्थानीय बासिन्दा र अभियन्ताको सक्रिय सहभागिता रहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताए ।

विसं ०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म करीब २६० टन फोहर संकलन भएको र आजको अभियानमा ५७० जनाको सहभागिता रहेको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार ००:००