२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमाली जिल्लाको उच्च भागमा माछापालन



साउन १९, मनाङ । सिगापुरमा ‘ए’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्यूका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालन गरिरहेका छन् ।

करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढवर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् । समुद्री सतहबाट २ हजार २ सय मिटर उचाइमा सञ्चालन गरिएको यस माछा फार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा छ ।

यस फार्ममा रेन्वो टा«उट जातका माछा राखिएको छ । शुरुमा हिमाली आयोजनाको ५६ लाख रुपैयाँ सहयोग र बाँकी आफ्नो लगानीबाट ८५ लाख रुपैयाँमा फर्म चलाएको लामाले बताए ।

“हामी पढेका युवा विदेशमै रह्यौं भने हाम्रो देशमा को बस्ने र कसले गर्ने देशको विकास कसले गर्ने ?” लामाले भने, “देशमै केही गर्नुपर्छ भन्ने मान्यताले म सिंगापुरको ‘ए’ लेवलको पढाइ छोडेर आफ्नै गाउँमा यो व्यवसाय गरेको छु ।”

लामाको फार्ममा साना भुरा माछा उत्पादनका लागि आठ वटा रेस मार्ग बनाइएको छ । ठूला माछाका लागि ११ वटा रेस मार्ग रहेको छ । सुरुमा नुवाकोट सुनखानीबाट ५ हजार भुरा ल्याएर राखेको थियो । त्यसमध्ये केही भुरा हावापानी र वातावरण नमिलेर मरेको थियो । अहिले तीनै बाँचेकाबाट उत्पादन लिइरहेको छ । अहिले पनि यस फर्ममा ७ हजार भुरा हुर्किरहेका छन् ।

आफ्नै ठाउँको ताजा माछा खान पाउँदा यहाँका मानिस खुशी भएको लामाको दाबी छ । प्रतिकिलो १ हजार ४ सयमा धमाधम बिक्री भइरहेको र मागअनुसारको उत्पादन हुन नसकिरहेको लामाले बताए ।

प्रतिदिन १२ देखि १५ किलोसम्म माछा बेच्ने गरेको छ । खासगरि होटल व्यवसायको लागि माछाको माग बढी छ । लामा र उनकी श्रीमती दिलमाया गुरुङले सम्हाल्दै आएको यस माछा फार्मबाट मासिक १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको गुरुङले बताईन् । रासस

प्रकाशित मिति : १९ श्रावण २०७५, शनिबार ००:००