साउन १६, काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)को अध्यक्षमा ध्रुव सिम्खडा विजयी भएका छन् । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडा सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वाचित भएका छन् ।
यस्तै मञ्चको सदस्यमा क्रमशः जीवन थपलिया, देवीकृष्ण रोकाया, राममणि रिजाल र कुमार बानियाँ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यीय कार्यसमितिमध्ये अध्यक्षसहित ११ पदाधिकारी निर्वाचनबाट चुनिएका हुन् भने बाँकी तीन सदस्य मनोनित गरिनेछन् ।
निर्वाचनमा सिम्खडा र बासु पाण्डेको समूहले प्यानल सहित चुनावी प्रतिस्पर्धा गरेको थियो । नवनिर्वाचित अध्यक्ष सिम्खडाले व्यावसायिक एकताका साथ सहरकेन्द्रित पर्यटनलाई देशका ग्रामीण भेगसम्म पु¥याउने बताए ।
नमूना घरबास कार्यक्रम ‘होम स्टे ट्रेल’, ‘अर्गानिक प्रोडक्ट’ तथा अन्तर्राष्ट्रिय होमस्टेसँगको समन्वय र सहकार्यलाई अघि बढाइनुका साथै उत्कृष्ट होमस्टे गन्तव्यमा सरकारी कर्मचारीलाई ‘लिभ होलिडे’ को व्यवस्था मिलाउन पहल गर्ने उनले बताए ।
रासस
प्रतिक्रिया