साउन १०, पथरी । मोरङको गोठगाउँमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि किसानहरू उत्साहित भएका छन् ।
सो क्षेत्रका दूध उत्पादक किसानले उचित मूल्य नपाइरहेको बेला उद्योग सञ्चालन पछि किसानहरू खुशी भएका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा उद्योग सञ्चालन भएको हो ।
साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमा धेरै दूध उत्पादन हुँदै आएको छ । उद्योग सञ्चालनमा आए पछि बजारको समस्या नपर्ने आर्चायको विश्वास छ ।
गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दूध प्रशोधन गरी प्याकेजिङ गर्ने, दही, मोही, नौनी उत्पादन गरिरहेको उद्योगका सञ्चालक सीताराम भट्टराईले जानकारी दिए ।
उद्योगले साउन महिनामा दैनिक १ हजार २०० लिटर दूध संकलन तथा ४०० लिटर दूध प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरिरहेको छ । त्यसैगरी दही मोही र नौनीसमेत बिक्री गर्न थालिसकेको छ । उद्योगले किसानसँग राम्रो मूल्य दिएर गाई र भँैसीको दूध खरीद गर्दै आएको छ । रासस
प्रतिक्रिया