साउन ९, सल्लेरी । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा लक्ष्मी विकास बैंकले शाखा कार्यलय स्थापना गरेको छ । पहिलो चोटी बैंक स्थापना भएको बैंक मंगलबारदेखि सञ्चालनमा आएपछि स्थानीयबासी हर्षित भएका छन् ।
साविकको ७ वटा गाविसलाई गाभेर थुलुङदुधकोशी गाउँपालिका बनाए पनि अहिलेसम्म बैंक स्थापना भएको थिएन । बैंकिङ कारोबारका लागी सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । शाखाले छिटो र छरितो ढंगले सेवा दिने शाखा प्रबन्धक प्रयास अधिकारीले बताए ।
“बैंक पुग्न एक दिन हिँड्नुपर्ने बाध्यता हट्यो” गाउँकार्यपालिका सदस्य बुद्धिराज राईले भने, “एकैदिनमा आर्थिक कारोबार गरेर सहजै घर फर्कन सकिन्छ ।”
गाउँपालिकामा बैंकको शाखा स्थापना भएपछि स्थानीयवासी हर्षित छन् । स्थानीय हर्कराज राईले सामान्य योजना सञ्चालनको लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरे । उनले भने, “ संहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्ने विश्वास बढ्यो ।”
सोलुखुम्बुको स्थानीय तहमा नयाँ बैंकको शाखा स्थापना हुने गाउँपालिकामध्ये थुलुङदूधकोशी पहिलो गाउँपालिका बनेको छ । सेवा सुरु गरेकै पहिलो दिन मंगलबार ३ दर्जनले खाता खोलेको बैंकले जनाएको छ । रासस
प्रतिक्रिया