साउन ७, दाङ । तुल्सीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, भरत विक, छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपानेलगायत छन् ।
उनीहरूलाई नेपाल विद्युत् वितरण कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरीको नेतृत्वमा गएको टोलीले आज पक्राउ गरेको हो । फुलवारी क्षेत्रबाट व्यापकरुपमा विद्युत् चुहावट भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
पक्राउ परेका ११ जनालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रासस
प्रतिक्रिया