२४ कार्तिक २०८१, शनिबार | Sat Nov 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नीकलकण्ठ नगरपालिकामा कानून विपरीत पशु बधशाला



 

 

साउन ६, धादिङ । नीलकण्ठ नगरपालिकाले बिनियोजन गरेको बजेटबाट मापदण्ड विपरित धमाधम बधशाला निर्माण भइरहेको छ । बधशाला निर्माणपूर्व लिनु पर्ने अनुमति र इजाजत नलिई गत आर्थिक बर्षको बजेटबाट अहिले धमाधम निर्माण भइरहेको छ ।

पशु बधशाला र मासु जाँच प्राविधिक निर्देशिका–२०६४ ले इजाजत पत्र नलिई पशु बधशाला खोल्न र मासुको बिक्री वितरण गर्न रोक लगाएको छ ।

नीलकण्ठ नगरपालिका–८ थोपलखोला किनारमा रहेको जग्गामा बधशाला निर्माण गर्न शुरु गरिएको हो । पशु बधशाला निर्माण पूर्व गर्नुपर्ने प्रारम्भिक वातावरणीय परीक्षण (आईई) समेत बधशाला निर्माण जिम्मा दिइएको छ ।

बधशाला निर्माण गरिएको जग्गा नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइरालाको जग्गा भएको खुल्न आएको छ । कोइरालाको जग्गामा भवन बनाउन अनुमति दिइएको नीलकण्ठ नगरपालिकाले जानकारी दिएको छ ।

नीलकण्ठ नगरपालिका–३ मा फ्रेस हाउस सञ्चालनको अनुमति पाएको नमल फ्रेस हाउसलाई वडा नं ८ मा बधशाला निर्माण गर्न नमिल्ने जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कानून विपरीत जथाभावी खुलेका बधशाला र मासु पसलले एकातिर जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने जोखिम बढाएको छ । अर्कोतिर व्यवसाय सञ्चालनबापत राज्यले पाउनुपर्ने करसमेत छली गर्ने गरेको स्थानीयले बताएका छन् । नगरपालिकाकै मिलेमतोमा अनुदानको रकम दुरुपयोग र कानून उल्लंघन हुने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तले स्थानीय सरकारले केन्द्रीय कार्य विधिलाई मान्नुपर्ने बाध्यात्मक व्यवस्था नभएकाले नगरपालिका क्षेत्रभित्र गरिने कामको अधिकार नगरपालिकाको हुने बताए । रासस

प्रकाशित मिति : ६ श्रावण २०७५, आइतबार ००:००