साउन ५? इटहरी । धरानका मेयर तारा सुब्बाको आज लिम्बु जातीय परम्पराअनुसार अन्तेष्टी गरिएको छ । मृगौला रोग र न्यूमोनियाका कारण काठमाडौंको ग्राण्डी अस्पतालमा साउन १ गते निधन भएका सुब्बाको पार्थिव शरिरलाई धरानस्थित पब्लिक माविको खेल मैदानमा अन्तिम श्रद्धाञ्जलीका लागी राखिएको थियो ।
श्रद्धाञ्जली दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । धरान उपमहानगरको विकासमा प्रमुख सुब्बाले देखेका थुप्रै अधुरा सपना धरानवासीले मिलेर पूरा गर्नु नै सुब्बाप्रतिको सच्चा श्रद्धाञ्जलि र सम्झना हुने पोखरलले बताए ।
श्रद्धाञ्जली सभामा प्रदेश नं १का मुख्यमन्त्री शेरधन राई, पूर्वमन्त्री एवं नेकपाका नेता भीम आचार्य, प्रदेश नं १का सभामुख प्रदीपकुमार भण्डारी, प्रादेशिक मन्त्रीहरू तथा अन्य उच्च पदस्थ कर्मचारीहरू श्रद्धाञ्जली अपर्ण गरेका छन् । यसैगरि नेपाली काँग्रेसका नेता, सांसद र अन्य सर्वसाधारणले समेत स्वर्गीय सुब्बाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
तारा सुब्बाको पार्थिव शरीरलाई धरान–१२ चतरा लाइन हुँदै विभिन्न वडाको मुख्य बजार क्षेत्रको परिक्रमापछि अपराह्न ४ बजेपछि लिम्बू जातीय हिन्दू परम्परा अनुसार धरानको हरियाली सामुदायिक वन क्षेत्रमा दाहसंस्कार गरिने कार्यक्रम गरिँदैछ । रासस
प्रतिक्रिया