२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगडी उपमहानगरद्वारा गरीब परिचयपत्र वितरण शुरु



 

५ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि सबै वडामा गरीब घर परिचयपत्र वितरण शुरु गरेको छ ।उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले उपमहानगरपालिका १ शान्ति टोलकी गंगादेवी कोलीलाई रातो रङको (अति गरीब), मुक्तकमैया शिविरकी मैनादेवी चौधरीलाई पहेँलो रङको (मध्यम गरीब) र सहवीर चौधरीलाई (सामान्य गरीब) नीलो रङको परिचयपत्र वितरण गरी परिचयपत्र वितरण गर्दै गरीब घर परिचयपत्रका आधारमा राज्यले भविष्यमा सेवासुविधा दिने बताए ।

यसअघि परिचयपत्र वितरणमा सहभागी हुने कर्मचारीलाई गरीब घर परिचयपत्र वितरणसम्बन्धी अभिमुखिकीकरण दिइएको थियो । उपमहानगरमा पाँच हजार ८८५ जना गरीबीको परिचयपत्र पाउनयोग्य रहेको बताइएको छ ।

उपमहानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत सुरेन्द्रसिं कार्कीले उपमहानगरमा गरीबमध्ये अतिगरीब दुई हजार ८५८, मध्यम गरीब एक हजार ८३७ र सामान्य गरीब एक हजार २९० जना रहेको जानकारी दिए ।

देशमा कैलालीसहित आठ जिल्लामा नमूनाका रुपमा गरीब घर परिचयपत्र वितरण गर्न लागिएको छ । सरकारले विसं २०६९ मा गरेको गरीबको सर्वेक्षणका आधारमा परिचयपत्र दिने कार्य शुरु भएको हो ।

यसैबीच सेवाग्राहीको समस्यालाई ध्यानमा राखी उपमहानगरले नागरिकता प्रमाणपत्र लिनुअघि आवश्यक पर्ने फाराम सेवाग्राहीलाई निःशुल्क रुपमा उपलब्ध गराउन लागेको छ ।
रासस

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ००:००