१८ भाद्र २०८१, मंगलबार | Tue Sep 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपनारायण भट्टराई पञ्जीकरण विभागमा सरुवा 



 

स्थानीय खबर संवाददाता

काठमाडौ, ३१ असार

सिन्डिकेट बिरुद्ध उभिएर लोकप्रिय छबि बनाएका सहसचिव रुपनारायण भट्टराईलाई सरकारले केन्द्रीय पञ्जीकरण विभागमा काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शुक्रबारको मन्त्रीस्तरीय निर्णयले भट्टराईलाई सरुवा गरेको हो ।

यातायात व्यवस्था विभागको महानिर्देशक रहँदा सिन्डिकेट विरुद्ध कदम चालिरहेका बेला करिब २ महिनाअघि उनलाई मन्त्रालय तानेको थियो । यसपछि उनलाई भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयमा भूमिकाविहीन अवस्थामा राखिएको थियो ।

सुरूमा यातायात क्षेत्रको सिन्डिकेटप्रति यातायात व्यवस्था विभाग आक्रामक देखिएको थियो । त्यसबेला भट्टराईले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका थिए । जसका कारण उनले लोकप्रिय प्रशासकको छबि बनाएका थिए । पछिल्लो समय यातायात व्यवसायीप्रति सरकार नरम हुन थाल्नु र भट्टराईको सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैगरि, पञ्जीकरण विभागका महानिर्देशक बेदबहादुर कार्कीलाई मन्त्रालयमा काज सरुवा गरेको छ । प्रदेश र स्थानीय तहको कार्यान्वयनसँगै खारेजीको चर्चा चलेको पञ्जीकरण विभाग कार्यबोझ र जिम्मेवारीका हिसाबले कमजोर मानिन्छ । विभागले स्थानीय तहसँग समन्वय गरेर जन्मदर्ता, मृत्युदर्ता लगायतका घटना दर्ताको काम गर्दै आएको छ ।

यसबाहेक बृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । स्थानीय तहले पठाएको घटना दर्ताको बिबरणलाई विभागको प्राविधिक समुहले पञ्जिकृत गर्न थालेसँगै विभागको भूमिका घटेको हो ।

साथै गत बर्षदेखि नै सामाजिक सुरक्षा भत्ता पनि अर्थ मन्त्रालयले सम्बन्धित गाउँपालिका र नगरपालिकामा सिधै पठाउन थालेको छ । जसले गर्दा यातायात व्यवस्था कार्यालयको तुलनामा पञ्जीकरण विभाग कमजोर छ ।

अरू पनि सरुवा

भट्टराईबाहेक अन्य ७ जना सहसचिवलाई पनि सरुवा गरेको छ । थप बिबरणमा

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार ००:००