३० झापा, असार । कन्काई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम सुरू भएको छ । नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाईमा मेयर आवास कार्यक्रम सुरु भएको हो ।
नगरपालिकाबाट २५ लाख रुपैयाँ, सहाराबाट १४ लाख रुपैयाँ र नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलबाट २ लाख रुपैयाँ संकलन भएको छ । संकलित कूल ४१ लाख रुपैयाँ नगरपालिकाको वडा नंं ७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माणका लागी खर्च गरिनेछ ।
कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र २०५० सालभन्दा पहिलादेखि बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई जमीन तथा घर निर्माण गरेर राखिने छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामा प्रतिनिधि खटाइएको मेयर पोखरेलले बताए ।
विभिन्न सामाजिक संघसंस्थालाई समेत कार्यक्रममा सहभागी गरार्ई नगरपालिकाभित्र सुकुम्वासी र घरवारविहीनको संख्या रहुञ्जेल कार्यक्रमले निरन्तरता पाइरहने बताइएको छ ।
पहिलो चरणमा कनकाई–७ मा तीन कट्ठा जमीनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडा नं ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले जानकारी दिए । रासस
प्रतिक्रिया