२६ कार्तिक २०८१, सोमबार | Tue Nov 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको गौमुल गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण



 

२७ जेठ, बाजुरा । बाजुराको गौमुल गाउँपालिका ३ मा रहेको स्वास्थ्य चौकीको भवन विस्तार गरी प्रसूति गृह निर्माण गरिएको छ । विकट क्षेत्रका स्थानीयवासीले सहज रूपमा सेवा पाउन घण्टौँ हिँड्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाको अगुवाइमा स्वास्थ्य चौकी निर्माण गरिएको बताइएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा उक्त स्वास्थ्य चौकीको ६ कोठे भवनको निर्माण सम्पन्न भएको स्थानीयवासी गोरख बोहराले बताए । स्वास्थ्य भवन निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा २० लाख ५८ हजार गाउँपालिकाले सहयोग गरेको थियो भने स्थानीयवासीको ५ लाख बराबरको जनश्रमदान गरी २५ लाख ५८ हजारको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष मदनबहादुर रोकायाले जानकारी दिए ।

भवन निर्माणसंगै स्थानीय २५६ परिवार लाभान्वित हुने भएका छन् । घण्टौँ हिँडेर प्रसूति सेवा लिन बाध्य स्थानीयवासीलाई वडामा सेवा सञ्चालन हुँदा सहज हुने गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार ००:००