२७ कार्तिक २०८१, मंगलबार | Tue Nov 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा पहिलो पटक जीप पुगेपछि चालक सम्मानित



 

२७ जेठ, रामपुर– पाल्पा । माथागढी गाउँपालिका २ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो ।

पन्ध्र वर्षअघि कसेनी सम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका स्थानीयवासीले सडक सुविधाको अनुभूति गर्न पाएका थिएनन् । सडक सञ्जालले जोडिएको हेर्ने सपना बोकेका स्थानीयवासीको सपना भने अब पूरा भएको छ ।

गाउँमा गाडी गुडेको हेर्ने सपना बोकेका बोक्सादीवासीको सपना अहिले घर आँगनमा पहिलो पटक जीप पुगेपछि पूरा भएको दिमाया सारु बताउछिन् । “गाउँमा सडक आउँला भन्ने आशा थिएन तर अहिले सडक खुलेसंगै घरआँगनमै सवारी साधन गुड्न थाल्यो” सारुले भनिन् ।

शनिबार गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराई र वडा नं २ का अध्यक्ष जनक रिजेलको नेतृत्वमा गाउँमा पहिलो पटक जीप ल्याउने चालक तिलक रिजेललाई स्थानीयवासीले स्वागतसहित सम्मान गरेका छन् ।

गाउँपालिकाको दश लाख सहयोग र दुई लाख बराबरको श्रमदानबाट निर्माण भएको सडक गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले उद्घाटन गरिन् । गाउँमा स्थानीय सरकार आएपछि साँच्चिकै जनअपेक्षा अनुरुपमा काम गर्ने जनप्रतिनिधि पाएको मीना सारु बताउछिन् ।

नियमित सवारीका साधनहरु सञ्चालन हुने भएसंगै उनीहरुले अब भने सुगमको महसुश गरेका छन् । दैनिक रुपमा सवारीसाधन सञ्चालनमा ल्याएसंगै अब त्यहाँ स्थानीय बजारमा उत्पादन भएका खाद्यवस्तुहरु बजारसम्म पु¥याउन सहज भएको छ ।

गाउँमा उत्पादन हुने खाद्यवस्तुहरु बजारसम्म पु¥याउने यातायातको सुविधा नहुँदा समस्या भोग्दै आएका स्थानीयवासी दैनिक रुपमा गाडी सञ्चालनमा आउने भएपछि त्यहाँका कृषक एवं व्यवसायी हर्षित भएका छन् ।
रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार ००:००