८ जेठ, चितवन ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताएका छन् । मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका मन्त्री पण्डितले पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताए ।
केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताए । अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उनले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताए । केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उनले बताए ।
रासस
प्रतिक्रिया