२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ४ स्तरीय सुरक्षा गोष्ठी



३० वैशाख, पोखरा ।
गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयद्वारा आयोजित प्रदेश नं ४ स्तरीय सुरक्षा सम्बन्धी गोष्ठीको शुभारम्भ गरेका छन् ।

प्रदेश र प्रदेशका जिल्लाको सुरक्षा अवस्था र भावी दिनमा अपनाउनुपर्ने रणनीति, जिल्लाका सुरक्षा चुनौती, समीक्षा र भावी योजना एवं रणनीति तयार गर्ने गोष्ठीको उद्देश्य रहेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । उनका अनुसार गोष्ठीमा व्यवसायमा एकाधिकारको अवस्था, सुशासनका लागि गर्नुपर्ने कार्य तथा सुरक्षासम्बन्धी सम्बन्धमा छलफल हुनेछ ।

गोष्ठीमा प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री, गृह मन्त्रालयका सचिव, प्रदेश नं ४ का प्रमुख सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका पृतनापतिलगायत मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा प्रदेश नं ४ का ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखसहित ८० जना सहभागी छन् ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार ००:००