२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा हुने



२९ चैत, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लुम्बिनीको एकीकृत विकासका लागि जापानका केन्जो टांगेले तयार गरेको गुरुयोजना २ वर्ष भित्र पूरा गरिने बताएका छन् ।

२ हजार ५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले करीब २ दशक अगाडि पूरा हुनुपर्ने सो योजना वैज्ञानिक भए पनि राजनीतिक अस्थिरताले काम हुन नसकेको हुँदा अगाडि बढाउनका लागि गृहकार्य गरिएको बताउँदै लुम्बिनी, कपिलवस्तु र देवदहलाई जोड्ने सञ्जाल निर्माणका लागि छलफल भइरहेको जानकारी दिए ।

बुद्धको सन्देशलाई व्यवस्थित शिक्षाका रुपमा फैलाउनका लागि वर्ष भरी नै विभिन्न गतिविधि गर्नुपर्नेमा जोड दिँदै उनले यस पटक बुद्धजयन्तीमा तिलौराकोटमा समेत पदयात्रा लगायत कार्यक्रम गरिने र कोषको वार्षिक आम्दानीको ५ प्रतिशत स्थानीय लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सहयोग गर्ने निर्णय भइसकेको जानकारी दिए ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले १५ देशका संस्कृति तथा धार्मिक मामिला मन्त्रीलाई सम्मेलनमा निमन्त्रणा गरिएको र १२ मुलुकका १७ जनाले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए ।

आगामी वैशाख १५ देखि १७ गतेसम्म हुने सम्मेलन व्यवस्थित बनाउन मूल समारोह समिति तथा १८ उपसमिति गठन गरिएको छ । सम्मेलनमा विभिन्न मुलुकबाट बौद्धगुरु तथा प्रतिनिधि आउनेछन् ।
रासस

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार ००:००