२४ चैत, उर्लाबारी । संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संविधान कार्यान्वयन गर्न तीनै तहको सरकारबीच सहकार्य हुनपर्ने बताएकी छन् ।
उर्लाबारी नगरकार्यपालिकाले आज आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य हुनु पर्नेमा जोड दिइन् ।
आर्थिक समृद्धि र सामाजिक परिवर्तन गर्न पनि सहकार्य आवश्यक रहेको बताइन् । अबको लक्ष्य आर्थिक उपलब्धि हासिल गर्दै समृद्ध नेपाल निर्माण गर्नु रहेको र यसका लागी सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा उर्लाबारी नगरकार्यपालिकाले तुम्बाहाम्फेलाई उपसभामुखमा निर्वाचित भएकोमा सम्मान गरेको छ । तुम्बाहाम्फे उर्लाबारी नगरपालिका– ५ निवासी हुन् । रासस
प्रतिक्रिया