२१ चैत, तुलसीपुर– दाङ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिको जिम्मा स्थानीय तहमा आएकाले आफ्नो भूमिका बढाउन आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभाको उद्घाटन गर्दै मन्त्री पोखरेलले संविधानले स्थानीय तहलाई पूर्ण अधिकार दिएकाले आफ्नो भूमिका बढाएर जनताप्रति उत्तरदायी भएर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
तुलसीपुर शहरलाई नमुना वस्तीका रुपमा विकास गर्न पनि उनले अनुरोध गरे ।
रासस
प्रतिक्रिया