३० कार्तिक २०८१, शुक्रबार | Sat Nov 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा निर्माणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र



१६ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूकम्पपछि भत्किएको धरहरा निर्माण गर्न माग गर्दै बिहीबार ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ स्थानीय संघर्ष समतिले हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत ‘मेरो धरहरा मै बनाउँछु’ अभियानलाई सफल पार्दै धरहराको निर्माणका लागि ज्ञापनपत्र बुझाइएको संयोजक वेदप्रकाश गौतमले जानकारी दिए ।

उनीहरुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका निजी स्वकीय सचिव उपसचिव युवराज दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा राष्ट्रिय सम्पदा धरहरा वरिपरि अन्य कुनै व्यापारिक भवन निर्माण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाइनुपर्ने माग पनि उल्लेख गरिएको छ ।

ज्ञापन बुझ्दै प्रधानमन्त्रीका निजी सचिव उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले ज्ञापनपत्रमा उल्लेख गरिएका कुरालाई प्रधानमन्त्रीलाई जानकारी गराउने बताए । धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले यही चैत ३ देखि ९ गतेसम्म हस्ताक्षर संकलन गरेको थियो ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ००:००