२७ कार्तिक २०८१, मंगलबार | Tue Nov 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर साक्षर जिल्ला घोषणा हुने



१५ चैत, भोजपुर ।
भोजपुर जिल्लालाई चैत २५ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । अनौपचारीक शिक्षा समितिको बुधबार अपराह्न बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसंगै जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले जानकारी दिए ।

हाल जिल्लाका ११० स्थानमा साक्षरता कक्षा सञ्चालन भइरहेको र त्यसबाट १ हजार ६५० जनाले निरन्तर कक्षा लिइरहेको जिल्ला शिक्षा कार्यलयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैबीच, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सदरमुकामको स्थानीय टुँडिखेलमा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार ००:००