२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोतः प्रम ओली



५ चैत, काठमाडौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन कर्णालीकै स्रोत साधन उपयोग गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीसंग भएको भेटमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश जति विकट भए पनि सम्भावना चाँही अथाह रहेको बताएका छन् ।

कर्णालीलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्ने प्रदेश सरकारको निर्णयको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले प्रांगारिक मल उत्पादन गर्ने कारखानालाई प्रोत्साहन गरिने बताए ।

“कर्णालीका हरेक उत्पादनलाई अर्गानिक बनाएर बजारीकरण गर्नुहोस्,” प्रधानमन्त्री ओलीले भने, “त्यहाँका जनवारले जडीबुटी चरेका छन् । तिनीहरुबाट उत्पादन हुने वस्तुको मूल्य अन्यत्रको भन्दा महँगो हुन्छ ।”

कर्णालीको स्याउ, यार्चागुम्बा समृद्धिका स्रोत भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, “विकशित देशको औषधि हालेको नक्कली होइन, कर्णालीमा फलेको अर्गानिक स्याउ हो भनेर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्नुपर्छ ।”

“कर्णालीमा बाटो, पुल बनाउने, प्राविधिक विद्यालय खोल्ने र नयाँ शहर बसाउने जिम्मा सरकारको हो”, प्रधानमन्त्री ओलीले भने, “त्यसदेखिबाहेकका काममा तपाईंहरु लाग्नुहोस् ।”

कर्णालीको समस्या अवगत गराउन मुख्यमन्त्री शाही, प्रदेश प्रमुख दुर्गाकेशर खनाल, सभामुख राजबहादुर शाही लगायत मन्त्रीसमेत सहभागी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ००:००