४ चैत, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई आइतबार पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसंग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उनकै डेराबाट पक्राउ गरेको हो ।
रासस
प्रतिक्रिया