२६ कार्तिक २०८१, सोमबार | Mon Nov 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिर्तामोड नगरपालिकामा फोहर व्यवस्थापन गर्न सर्वेक्षण शुरू



४ चैत, बनियानी– झापा ।
फोहरमैलाको दिगो व्यवस्थापनका लागि बिर्तामोड नगरपालिकामा सर्वेक्षण शुरु गरिएको छ । नगरमा उत्पादित फोहरको दिगो व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वेक्षण शुरु गरिएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

वातावरण संरक्षण मञ्च नामक संस्थाले नगर क्षेत्रमा उत्पादित फोहरको तथ्यांक संकलन गरिरहेको नगरपालिकाले जनाएको छ । वातावरण मञ्चका अध्यक्ष हैकम घिसिङका अनुसार वातावरण विज्ञान अध्ययन गरिरहेका १२ जना विद्यार्थी तथ्यांक संकलनमा खटिएका छन् ।

“बिर्तामोडको वडा नम्बर ४ र ५ का १०० घर छनोट गरेर दैनिक उत्पादित फोहरबाट अध्ययन भइरहेको छ,” उनले भने, “विद्यार्थीले हरेक दिन बिहान घरको फोहरलाई संकलन गर्ने गरेका छन् ।” ७ वटा समूहमा विभाजित सर्वेक्षण टोलीले कुहिने र नकुहिने फोहरको वर्गीकरणसमेत गर्ने गरेका छन् ।

१०० वटा घर, ३० वटा व्यापारिक प्रतिष्ठान र २० वटा संघसंस्थाबाट फोहर संकलन गरेको १४ हप्ता पूरा भएको मन्चका अध्यक्ष घिसिङले बताए । सर्वेक्षकले नकुहिने फोहरको व्यवस्थापनमा चुनौती रहेको जनाएका छन् ।

कुहिने फोहरलाई उत्पादकले नै व्यवस्थापन गर्न सक्ने अवस्था रहेको मञ्चका अध्यक्ष घिसिङको भनाइ छ । विर्तामोड बजारमा दैनिक छ ट्र्याक्टर फोहर उत्पादन हुने गरेको छ ।
रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतबार ००:००