२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै पाेखरा महानगर



२ चैत, पोखरा ।
पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख मानबहादुर जिसीले महानगरका प्रत्येक वडाका घरदैलोमा नै चिकित्सक पु¥याएर ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी उपचार सेवा प्रदान गर्न लागेको जानकारी दिए ।

“ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत हरेक दुई महिनामा प्रत्येक वडामा चिकित्सकसहितको टोलीले ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण एवं उपचार गर्नेछ,” उनले भने, “महानगरभित्र ६० वर्ष उमेर पूरा गरेका जेष्ठ नागरिकको संख्या ३६ हजार छ भने ७० वर्ष माथिकाको संख्या १३ हजार छ ।”

कार्यक्रम अन्तर्गत बिरामी परीक्षण एवं उपचार, स्वस्थ्य जीवनशैली सम्बन्धी परामर्श, थप उपचारका लागि प्रेषणका साथै यसका लागि सम्बन्धित वडा कार्यालय, ज्येष्ठ नागरिक सम्बद्ध संघ संस्था तथा निजी र सरकारी अस्पतालसंग समन्वय गरिने उनले बताए ।

यही चैत ४ गते वडा नं १९ बाट शुरु गरिने र अन्य वडाका लागि सम्बन्धित वडा कार्यालयसंग समन्वय गरी मिति र सयम तय गरिने महानगरपालिकाले जनाएको छ । कार्यक्रमसंगै ज्येष्ठ नगारिकको स्वास्थ्यस्थिति र जीवनको गुणस्तरमा सुधार हुने अपेक्षा गरिएको प्रमुख जिसीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ००:००