१ चैत, खोटाङ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ का वडाध्यक्ष लीला चौहान माथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उनी आक्रमणमा परेका हुन् ।
आक्रमणपछि भागेका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आक्रमणमा संलग्न जोशीचन्द्र राई, विसम राई, बद्री खड्का लगायत रहेको खुलेको प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको उनले बताए । घटनास्थलमा वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकल र हेल्मेट भेटिएको छ ।
रासस
प्रतिक्रिया