२८ फागुन, पर्सा ।
प्रदेश नं। २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले पर्साको छिपहरमाई गाउँपालिकास्थित ओरिया खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन् ।
सो अवसरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले प्रदेश नं २ को विकासका लागि विदेशी दातृ निकाय लगानी गर्न तयार भएपनि यसका लागि केन्द्र सरकारसंग अनुमति लिनुपर्ने कानुनी प्रावधानका कारण लगानी ल्याउन नसकेको बताए ।
मुख्यमन्त्री गद्दीले राज्य सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक ऐन कानुन तीन महिनाभित्र निर्माण गर्ने उल्लेख गर्दै तत्काल एक दर्जन कानुन निर्माणमा प्रदेश सरकार जुटेको बताए ।
चार मिटर चौडाई, १० मिटर उचाइ र ४३ मिटर लम्बाइको उक्त पुल तीन करोड ५१ लाखको लागतमा निर्माण हुन लागेको जनाइएको छ ।
रासस
प्रतिक्रिया